काठमाडौं, जेठ १८ (नागरिक)- एकीकृत नेकपा माओवादी र नेपाली कङ्ग्रेसले अब बन्ने राष्ट्रिय सहमतिको संयुक्त सरकार आ–आफ्नो नेतृत्वमा बन्ने निश्चित भएको दाबी गरेका छन्। माओवादीको पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले भने बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन हुने निश्चित भएको दाबी गरे।
साक्षात्कारमा एकीकृत नेकपा माओवादीको पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको संयुक्त राष्ट्रिय सरकार गठन हुने निश्चित भइसकेको दाबी गरे। उनले पार्टीभित्र पनि भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने सहमति भइसकेको भन्दै घोषणामात्रै हुन बाँकी रहेको बताए। उनले अध्यक्ष प्रचण्ड पनि यसका लागि तयार रहेको ठोकुवा गरेका थिए।
भट्टराईको नेतृत्वमा सहमति बन्ने निश्चित भएको भन्दै पार्टीमा भट्टराईलाई प्रधान मन्त्री बनाउने विषयमा धेरै अघि नै छलफल गरेर टुङ्ग्याई सकिएको दाबी गरे। उनले पार्टीभित्र संसदीय दलको नेतासमेत भट्टराईलाई नै बनाउने सहमति समेत बनिसकेको साक्षात्कारमा खुलासा गरे। उनले भने– राष्ट्रिय सहमतिको सरकारका लागि सहमति बन्न सक्ने व्यक्ति पनि भट्टराई नै हो। उहाँको कुनै विकल्पै छैन।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली कङ्ग्रेसका नेता डा. रामशरण महतले नेपाली कङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गर्न माओवादी नेतृत्व पनि तयार रहेको बताए। महतले माओवादी नेतृत्वले पनि कङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बने सहज हुने निष्कर्षसहित सकारात्मक प्रतिक्रिया दिएको जानकारी उनले दिए। उनको तर्क थियो– एमालेको पालो पुगिसक्यो। माओवादीले निश्चित सर्त पूरा नगरी सरकारको नेतृत्व गर्ने अवस्था छैन। त्यसैले कङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग पक्का छ।
साक्षात्कारमा एकीकृत नेकपा माओवादीको पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको संयुक्त राष्ट्रिय सरकार गठन हुने निश्चित भइसकेको दाबी गरे। उनले पार्टीभित्र पनि भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने सहमति भइसकेको भन्दै घोषणामात्रै हुन बाँकी रहेको बताए। उनले अध्यक्ष प्रचण्ड पनि यसका लागि तयार रहेको ठोकुवा गरेका थिए।
भट्टराईको नेतृत्वमा सहमति बन्ने निश्चित भएको भन्दै पार्टीमा भट्टराईलाई प्रधान मन्त्री बनाउने विषयमा धेरै अघि नै छलफल गरेर टुङ्ग्याई सकिएको दाबी गरे। उनले पार्टीभित्र संसदीय दलको नेतासमेत भट्टराईलाई नै बनाउने सहमति समेत बनिसकेको साक्षात्कारमा खुलासा गरे। उनले भने– राष्ट्रिय सहमतिको सरकारका लागि सहमति बन्न सक्ने व्यक्ति पनि भट्टराई नै हो। उहाँको कुनै विकल्पै छैन।
No comments:
Post a Comment