खिलानाथ ढकाल, विराटनगर, जेठ १९ -पेसी बयानका लागि अदालत लगिएका हत्याका बन्दीलाई निशाना बनाउँदै एमाले युवा संगठन युथफोर्स कार्यकर्ताले बुधबार अदालत परिसरमै अन्धधुन्द आक्रमण गर्दा बन्दी र प्रहरीसहित नौ घाइते भएका छन्। करण यादवको हत्या अभियोगमा क्षेत्रीय कारागार झुम्कामा रहेका अभिषेक गिरीलाई बयानका लागि जिल्ला अदालत मोरङ पुर्याउनासाथ आक्रमण ठूलो संख्यामा रहेका युथफोर्स कार्यकर्ताले ढुंगामुढा गरेका थिए। दिउँसो १ बजे भएको योजनाबद्ध घटनामा बन्दी यादवसहित प्रहरी नायब निरीक्षक राजु श्रेष्ठ, अशोककुमार राई, प्रहरी सहायक निरीक्षक डिल्ली कटवाल, प्रहरी हवल्दार राजेन्द्र कार्की, प्रहरी जवान दधिराम मगर, जुतिन बस्नेत र क्षेत्रीय कारागारका कार्यालय सहायक राजेन्द्र कार्की घाइते भएका छन्। घटनामा युथफोर्स कार्यकर्ता मुकेश बुढाथोकी पनि घाइते छन्। गिरीलाई टाउकोमा चोट छ भने प्रहरीका शरीरभरि चोट छन्।
युथफोर्स कार्यकर्ताले अभियुक्त ल्याइएको को१च ३३०३ नम्बरको भ्यानमा अदालतभित्रै लाठी र ढुंगामुढाले आक्रमण गरेपछि 'स्थिति नियन्त्रणमा लिन' प्रहरीले ११ राउन्ड गोली चलाएको थियो।
'अभियुक्तलाई अदालत ल्याउनुअघि नै ठूलो संख्यामा युथफोर्स कार्यकर्ता भेला भएर बसेका थिए, भ्यान अदालतभित्र पस्नेबित्तिकै आक्रमण गरे,' प्रत्यक्षदर्शी जिल्ला अदालतका कर्मचारी विकास श्रेष्ठले नागरिकसँग भने, 'कोही पनि निस्किन नभ्याउँदै भकाभक हाने। फायरिङपछि अदालतमा केहीबेर तनाव भएको थियो। प्रहरी र कारागारको छुट्टै गाडी नभएकाले बन्दी गिरीलाई क्षेत्रीय कारागारबाट निजी भ्यान भाडामा लिएर प्रहरी सहायक निरीक्षक डिल्ली कटवालको नेतृत्वमा टोली अदालत आएको थियो। अदालतमा जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टै टोली परिचालन गरेको थियो। 'प्रहरी र अभियुक्तमाथि आक्रमण भयो, स्थिति तनावपूर्ण बन्यो, ज्यान जाने सम्भावना बढेपछि स्थिति नियन्त्रण लिन फायरिङ गर्नुपरेको हो,' जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक सहकुलबहादुर थापाले भने।
प्रहरी र अभियुक्तमाथि आक्रमण भएपछि सहायक निरीक्षक अशोक राईले फायर खोल्न निर्देशन दिएपछि एसएलआरबाट प्रहरीले लगालग ११ राउन्ड गोली चलाएका थिए। गोली चलेपछि युथफोर्स कार्यकर्ता भागेका थिए। विराटनगर-११ का गिरी दुई वर्षअघि जिल्ला विकास समितिको ठेक्का विवादमा स्थानीय यादवलाई तरबार प्रहार गरी हत्या गरेको अभियोगमा एक वर्षदेखि झुम्का कारागारमा छन्। उनी प्रहरीको नजरमा खतरनाक अपराधी हुन्। जेलबाटै अपहरण, कल बाइपासलगायत अपराधमा उनी यसअघि बारम्बार पक्राउ परेर छुटेका थिए। आक्रमणको सुइँको पहिल्यै पाएको बताउँदै गिरीले प्रहरीले सुुरक्षा दिन नसकेको बताए। 'कडा सुरक्षामा लैजान भनेको थिएँ, असुरक्षित तरिकाले ल्याइयो,' उनले भने। युथफोर्स कार्यकर्ता मनोज खड्का र बुढाथोकीले आक्रमण नेतृत्व गरेको उनले बताए।
घटनापछि अदालतमा गिरीको बयान बुधबार स्थगित भएको छ।
गिरीलाई अदालत ल्याइँदै गरेको सूचना पाएपछि युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेतले कार्यकर्ता परिचालन गरेका थिए। अदालतमा कार्यकर्ता परिचालन गरेको स्विकार्दै अध्यक्ष बस्नेतले भने, 'अदालतले चलखेल गरेर अपराधी छुटाउन लागेकाले त्यसलाई रोक्न कार्यकर्ता खटाएको हुँ, मार्न होइन।' प्रहरीले दमन गरेर कार्यकर्तामाथि दमन गरेको उनले आरोप लगाए।
प्रहरी उपरीक्षक ठाकुरसिंह बर्तौलाले आक्रमणमा जुनसुकै समूह संलग्न भए पनि कसैलाई नछाड्ने बताए। 'घटनाको प्रकृति हेर्दा मार्ने योजना बनाएर आएको देखिन्छ,' बर्तौलाले भने, 'शंकास्पद चारजनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं।' प्रहरी सुरक्षामा ठाडै चुनौती दिइएको घटनामा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए। प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले 'घटना नियोजित र अपराध मेट्ने हिसाबले' भएको प्रतिक्रिया दिए। 'संलग्नलाई छिटो पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छु,' उनले भने।
साझेदारीबाट छुट्टिएपछाडि बस्नेतलाई मार्न डेढ वर्षअघि गिरीकै समूहले गोली हानेको प्रहरी दाबी छ। बस्नेतले त्यही रिसिइबी साँध्न उनलाई सिध्याउन टोली पठाएको प्रहरी आशंका छ। 'ठेक्कापट्टामा विवाद भई सम्बन्ध बिग्रिएपछि उनीहरूको रिसिइबी बढेको हो,' स्रोतले भन्यो, 'अदालतको बयानबाट बस्नेतका हरेक गतिविधि सार्वजनिक हुने डरले उनलाई बीचमै मार्न खोजिएको देखिन्छ।'
गिरीलाई भरपर्दाे सुरक्षाबिनै अदालत ल्याउन लागिएको सूचना युथफोर्सले पहिल्यै पाएको थियो। प्रहरीलाई पनि यो भेउ थियो। जे पनि हुन सक्ने भनेर प्रहरीले अदालतमा छुट्टै टोली पनि खटाएको थियो। 'गेटबाट भित्र पसेपछि आक्रमण हुने भय भएन तर उनीहरू तयारी अवस्थामा रहेछन्, गाडीबाट निस्किनै नपाउँदै आक्रमण भयो,' सुरक्षार्थ खटिएका एक प्रहरीले भने। युथफोर्स आक्रमणले भ्यानका सबै सिसा फुटेका छन्।
युथफोर्स कार्यकर्ताले अभियुक्त ल्याइएको को१च ३३०३ नम्बरको भ्यानमा अदालतभित्रै लाठी र ढुंगामुढाले आक्रमण गरेपछि 'स्थिति नियन्त्रणमा लिन' प्रहरीले ११ राउन्ड गोली चलाएको थियो।
'अभियुक्तलाई अदालत ल्याउनुअघि नै ठूलो संख्यामा युथफोर्स कार्यकर्ता भेला भएर बसेका थिए, भ्यान अदालतभित्र पस्नेबित्तिकै आक्रमण गरे,' प्रत्यक्षदर्शी जिल्ला अदालतका कर्मचारी विकास श्रेष्ठले नागरिकसँग भने, 'कोही पनि निस्किन नभ्याउँदै भकाभक हाने। फायरिङपछि अदालतमा केहीबेर तनाव भएको थियो। प्रहरी र कारागारको छुट्टै गाडी नभएकाले बन्दी गिरीलाई क्षेत्रीय कारागारबाट निजी भ्यान भाडामा लिएर प्रहरी सहायक निरीक्षक डिल्ली कटवालको नेतृत्वमा टोली अदालत आएको थियो। अदालतमा जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टै टोली परिचालन गरेको थियो। 'प्रहरी र अभियुक्तमाथि आक्रमण भयो, स्थिति तनावपूर्ण बन्यो, ज्यान जाने सम्भावना बढेपछि स्थिति नियन्त्रण लिन फायरिङ गर्नुपरेको हो,' जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक सहकुलबहादुर थापाले भने।
प्रहरी र अभियुक्तमाथि आक्रमण भएपछि सहायक निरीक्षक अशोक राईले फायर खोल्न निर्देशन दिएपछि एसएलआरबाट प्रहरीले लगालग ११ राउन्ड गोली चलाएका थिए। गोली चलेपछि युथफोर्स कार्यकर्ता भागेका थिए। विराटनगर-११ का गिरी दुई वर्षअघि जिल्ला विकास समितिको ठेक्का विवादमा स्थानीय यादवलाई तरबार प्रहार गरी हत्या गरेको अभियोगमा एक वर्षदेखि झुम्का कारागारमा छन्। उनी प्रहरीको नजरमा खतरनाक अपराधी हुन्। जेलबाटै अपहरण, कल बाइपासलगायत अपराधमा उनी यसअघि बारम्बार पक्राउ परेर छुटेका थिए। आक्रमणको सुइँको पहिल्यै पाएको बताउँदै गिरीले प्रहरीले सुुरक्षा दिन नसकेको बताए। 'कडा सुरक्षामा लैजान भनेको थिएँ, असुरक्षित तरिकाले ल्याइयो,' उनले भने। युथफोर्स कार्यकर्ता मनोज खड्का र बुढाथोकीले आक्रमण नेतृत्व गरेको उनले बताए।
घटनापछि अदालतमा गिरीको बयान बुधबार स्थगित भएको छ।
गिरीलाई अदालत ल्याइँदै गरेको सूचना पाएपछि युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेतले कार्यकर्ता परिचालन गरेका थिए। अदालतमा कार्यकर्ता परिचालन गरेको स्विकार्दै अध्यक्ष बस्नेतले भने, 'अदालतले चलखेल गरेर अपराधी छुटाउन लागेकाले त्यसलाई रोक्न कार्यकर्ता खटाएको हुँ, मार्न होइन।' प्रहरीले दमन गरेर कार्यकर्तामाथि दमन गरेको उनले आरोप लगाए।
प्रहरी उपरीक्षक ठाकुरसिंह बर्तौलाले आक्रमणमा जुनसुकै समूह संलग्न भए पनि कसैलाई नछाड्ने बताए। 'घटनाको प्रकृति हेर्दा मार्ने योजना बनाएर आएको देखिन्छ,' बर्तौलाले भने, 'शंकास्पद चारजनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं।' प्रहरी सुरक्षामा ठाडै चुनौती दिइएको घटनामा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए। प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले 'घटना नियोजित र अपराध मेट्ने हिसाबले' भएको प्रतिक्रिया दिए। 'संलग्नलाई छिटो पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छु,' उनले भने।
गिरी-बस्नेत साथी
अभियुक्त गिरी र युथफोर्स अध्यक्ष बस्नेत पुराना साथी हुन्। ठेक्कापट्टादेखि विभिन्न काममा उनीहरू साझेदार थिए। साझेदारीमा बिस्तारै खटपट आएपछि उनीहरू अलग भए। ठेक्कापट्टामा दुवैका समूह मोरङमा उत्तिकै सक्रिय छन्।साझेदारीबाट छुट्टिएपछाडि बस्नेतलाई मार्न डेढ वर्षअघि गिरीकै समूहले गोली हानेको प्रहरी दाबी छ। बस्नेतले त्यही रिसिइबी साँध्न उनलाई सिध्याउन टोली पठाएको प्रहरी आशंका छ। 'ठेक्कापट्टामा विवाद भई सम्बन्ध बिग्रिएपछि उनीहरूको रिसिइबी बढेको हो,' स्रोतले भन्यो, 'अदालतको बयानबाट बस्नेतका हरेक गतिविधि सार्वजनिक हुने डरले उनलाई बीचमै मार्न खोजिएको देखिन्छ।'
गिरीलाई भरपर्दाे सुरक्षाबिनै अदालत ल्याउन लागिएको सूचना युथफोर्सले पहिल्यै पाएको थियो। प्रहरीलाई पनि यो भेउ थियो। जे पनि हुन सक्ने भनेर प्रहरीले अदालतमा छुट्टै टोली पनि खटाएको थियो। 'गेटबाट भित्र पसेपछि आक्रमण हुने भय भएन तर उनीहरू तयारी अवस्थामा रहेछन्, गाडीबाट निस्किनै नपाउँदै आक्रमण भयो,' सुरक्षार्थ खटिएका एक प्रहरीले भने। युथफोर्स आक्रमणले भ्यानका सबै सिसा फुटेका छन्।
No comments:
Post a Comment