!! सबै साथी भाईहरु मा हाम्रो न्युज आवाज बिराटनगर को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !!
Image and video hosting by TinyPic
Showing posts with label मुख्य समाचार. Show all posts
Showing posts with label मुख्य समाचार. Show all posts

सवारी दुर्घटनामा दुईको मृत्यु

वीरगन्ज–पथलैया सडकखण्डमा गएराति भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ ।  ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार बाराको जीतपुर बजारनजिक राति भएको सडक दुर्घटनामा परी बारा बरैनिया–३ का २५ वर्षीय विजय गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो ।
वीरजन्जबाट पथलैयातर्पm आउँदै गरेको युपी ७८ विपिटी ३१४८ नम्बरको ट्रकले ना२प ६५३८ नम्बरको मोटरसाइकललाई राति पौने १० बजे ठक्कर दिँदा उक्त घटना भएको हो । अहिले ट्रक चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।  यसैगरी अमलेखगन्ज–८ स्थित राजमार्गमा पथलैयाबाट हेटौंडातर्पm गइरहेको ना३ख ९३५३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना८प ४१०६ नम्बरको मोटरसाइकललाई वीरगन्ज आदर्शनगर बस्ने १९ बर्षीय प्रवेश खेतान गम्भीर रूपले घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । खेतान मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकल चालक बारा भवानीपुरका १९ वर्षीय विच्छु गुप्ता गम्भीर घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
बाँकी यता ►►►

प्रहरीको गोलीबाट घाइतेको मृत्यु, फेरी आज सुनसरी बन्द!

प्रहरीको गोली लागि घाइते भएका सानु यादबको मृत्यु भएको बिरोधमा नेपाली काँग्रेस र मधेशवादी दलहरुले आइतवार सुनसरी सदरमुकाम इनरुवा सहित ग्रामिण वजारहरु बन्द गराएका छन् ।
बिहानैदेखि आयोजकहरुले सदरमुकाम इनरुवा सहित ग्रामिण वजारहरु हरिनगरा, देवानगन्ज, कप्तानगन्ज र रामनगर भुटहा लगायतका वजारमा प्रदर्शन गर्नुका साथै वजार पसल बन्द गराउँदै हिंडेका छन् ।
गत शुक्रवार भारततिरवाट ल्याउँदै गरेको कपास प्रहरीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादका क्रममा सुनसरीको देवानगन्जमा प्रहरीले चलाएको गोली लागि स्थानिय सानु यादब घाइते भएका थिए ।
उपचारको क्रममा शनिबार साँझ यादबको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएपछि यहाँको स्थिति झन तनावपूर्ण बनेको हो । बन्दका कारण सदरमुकाम इनरुवाका कुनैपनि पसलहरु खुलेका छैनन् भने शिक्षणसँस्थाहरु पनि ठप्प छन् । प्रदर्शनकारीहरुले गोली चलाउने आदेश दिने प्रहरी निरीक्षक श्यामल सुब्बालाई कारवाही गरिनु पर्ने, मृतक यादबलाई सहिद घोषणा गर्नुपर्ने, आमनागरिकमाथी प्रहरी दमन बन्द हुनुपर्ने माग गरेका छन् ।
यसैबीच मृतक यादबको गाउँ देवानगन्जमा बिहानैदेखि भेला भएका सुनसरीको दक्षिणबर्ती गाविसका हज्जारौ सर्बसाधारणले देवानगन्ज वजारमा प्रहरीप्रशासन बिरुद्ध प्रर्दसन गरिरहेका छन् ।
बाँकी यता ►►►

श्रमिक बालकलाई नगद सहयोग

आवाज बिराटनगर, (विराटनगर),

विराटनगरका श्रमिक बालबालिकाहरुको कार्यकौशलबाट प्रभावित भएर दाङ जिल्लाको तुलसी र घोराही नगरपालिकाबाट आएका भ्रमण टोलीका सदस्यहरुले २ हजार ८ सय रुपियाँ नगद सहयोग गरेका छन्।
नगरलाई बालमैत्री बनाउने अभियानमा बाल क्लबहरुले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा अध्ययन भ्रमणमा आएका २८ जना टोली सदस्यहरुले बालबालिकासँग ३ घण्टा लामो छलफल गरेका थिए।
सो अवसरमा बालबालिकाको प्रस्तुतिबाट प्रभावित भएर टोली सदस्यहरुले जनही १ सय रुपियाँ संकलन गरी श्रमिक बालक्लब नगर समन्वय समितिको कोषमा जम्मा हुने गरी नगद सहयोग गरेको मानव अधिकार तथा वातावरण माचका बालक्लब कार्यक्रममा संयोजक मेघराज मगरले बताएका छन्।
मगरका अनुसार श्रमिक बालक्लब नगर समन्वय समितिका सचिव मनीषा कार्कीले सो रकम बुझेर लिँदै भ्रमण टोलीका सदस्यहरुले व्यक्तिगत रुपमा दिएको सो रकम बालक्लबको संस्थागत विकास र रचनात्मक काममा खर्च गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
विराटनगर उपमहानगरपालिकाले बालमैत्री नगर बनाउन गरेको प्रयासबारे अध्ययन गर्न आएको सो टोलीमा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कँडेल घोराही नगरपालिकाका अधिकृत सुबोध रेग्मीसहित
बाँकी यता ►►►

उपप्रधानमन्त्री एवम् गृहमन्त्री महराद्वारा राजिनामा

काठमाडौँ, साउन ९ (नागरिक)- पार्टी केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पार्टीको नेतृत्व गरी पठाउने निर्णय गरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री कृष्णबहादुर महराले आफ्नो पदबाट आज राजिनामा दिएका छन्। उनले आज दिउँसो प्रधानमन्त्री झलनाथ खनाललाई भेटी राजिनामापत्र बुझाउनुभएको उनका प्रेस सहयोगी मनोज घर्ती मगरले जानकारी दिए। पार्टीले नयाँ मन्त्रीहरूको नाम छनोट गरिसकेको अवस्थामा नयाँ टिमलाई मार्गप्रशस्त गर्न राजिनामा दिएको उनले बताएका छन्।
यसअघि आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री झलनाथ खनाललाई उनकै निवास बालुवाटारमा भेटी पार्टीको निर्णय र नयाँ मन्त्रीहरुको सिफारिसको सूची बुझाएका थिए।
बाँकी यता ►►►

नोकियाका डुवल सिम मोबाइल


श्रावण ५ - नोकियाले दुई सिम राख्न मिल्ने नयाँ मोडलका मोबाइल सेट बजारमा ल्याएको छ ।
नोकिया एक्स१-०१ र नोकिया सी २-०० नाम गरिएका सेटहरू नेपाली बजारमा भित्र्याएको यसको आधिकारिक बिक्रेता न्युटेरिक नेपाल र प्यारामाउन्ट इलेक्ट्रोक्निसले जनाएको छ । सजिलै सिम कार्ड परिवर्तन गर्न सकिने गरी प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर विभिन्न विशेषताका साथ सेट बनाइएको छ । नोकिया इमर्जिङ एसियाका व्यवसाय विकास प्रबन्धक रियाजुल इस्लमका अनुसार यी सेटमा अत्यधिक मेमोरी, लामो समयसम्म चल्ने ब्याट्री पाँच सिम कार्ड सेटिङ सञ्चय गर्न सक्ने क्षमता छ । यसमा हरेक सिमको छुट्टाछुट्टै नामकरणका साथै कल, एसएमएस र डाटा छनोट गर्ने सुविधा उपलब्ध छन् । ३६ घन्टासम्म गीतहरू सुन्न मिल्ने क्षमताको ब्याट्री भएको नोकिया एक्स१-०१ सेटको मूल्य ३ हजार ३ सय तोकिएको छ । त्यस्तै सी२-०० सेटको ५ हजार १ सय ६० कायम गरिएको छ ।
बाँकी यता ►►►

८२ अधिकृतको काज सरुवा

काठमाडौं, ५ साउन स्थानीय विकास मन्त्रालयले स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत र योजना अधिकृत गरी ८२ जनाको एकैचोटी काज सरुवा गरेको छ । यसरी सरुवा हुनेमा उपसचिव स्तरका स्थानीय विकास अधिकारी ३२ जना र शाखाअधिकृत ५० जना छन् । ऐनअनुसार सरुवा गर्न नपाइने भएपछि मन्त्रालयले 'चोर बाटो' अपनाएर उनीहरूको काज सरुवा गरेको हो । निजामती सेवा ऐन २०४९ अनुसार मन्त्रालयले हरेक वर्षको फागुन महिनामा मात्रै कर्मचारीको सरुवा गर्न पाउँछन् । अन्य महिनामा कर्मचारीको सरुवा गर्न ऐनले प्रतिबन्ध लगाएकाले स्थानीय विकास मन्त्रालयले काज भन्दै ती अधिकृतको सरुवा गरेको हो । सबैलाई तीन महिनाका लागि काज सरुवा गरिएको भनिएको छ । सामान्यतया रिक्त स्थानमा मात्रै काज सरुवा गर्ने परम्परा छ । सो परम्पराविपरित जथाभावी काज सरुवा गरिएको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका छन् । मन्त्रालयका अनुसार धनकुटाका स्थानीय विकास अधिकारी बाबुराम गौतमलाई मोरङमा काज सरुवा गरिएको छ भने नवलपरासीका नारायण ज्ञवालीलाई रूपन्देहीमा पठाइएको छ । यसैगरी बाग्लुङका विष्णुबहादुर थापालाई नवलपरासीमा, रसुवाका राममणि भट्टराइलाई स्याङ्जामा, बाजुराका मोहन पौडेललाई कैलालीमा, मोरङका पशुपति पोखरेललाई धनकुटामा खोटाङका वसन्तकुमार भण्डारीलाई सिराहामा र सुनसरीका प्रेमप्रसाद भट्टराईलाई स्थानीय विकास मन्त्रालयमा काज सरुवा गरिएको छ । 
यसैगरी सिराहाका लालमणि जोशीलाई हेटौँडाको कार्यकारी अधिकृतमा, सिन्धुलीका गणेश ज्ञवाली र रूपन्देहीका विष्णुदत्त गौतमलाई मन्त्रालयमा, मकवानपुरका युवराज सुवेदीलाइ बाजुरामा काज सरुवा गरिएको छ । मनाङका भुवनहरि अर्याललाई उपेक्षित उत्पीडित समितिमा, लमजुङका उत्तमप्रसाद नागिलालाई कालीकोटमा, कास्कीका गुरु सुवेदीलाई बाँकेमा, स्याङ्जाका रामजी बराललाई रसुवामा, रुकुमका केदारनाथ शर्मालाई मन्त्रालयमा काज सरुवा गरिएको छ । यसैगरी प्युठानका भुवनप्रकाश विष्टलाई मकवानपुरमा, कालीकोटका शिव रेग्मीलाई म्याग्दीमा, मन्त्रालयकी उपसचिव इन्दु घिमिरेलाई लम्जुङमा, दैलेखका रामप्रसाद पाण्डेलाई मनाङमा, बाँकेका शम्भु लुइटेललाई दैलेखमा, मन्त्रालयका अर्जुन थापालाई कास्कीमा, कैलालीका गोकर्णप्रसाद शर्मालाई कञ्चनपुरमा सरुवा गरिएको छ । कञ्चनपुरका मणिकुमार ज्ञावलीलाई बाग्लुङमा, मन्त्रालयका राजकुमार श्रेष्ठलाई रुकुममा, कृष्णप्रसाद सापकोटालाई सुनसरीमा र टीकादत्त राईलाई धरान नगरपालिकामा काज सरुवा गरिएको छ । रूपन्देहीमा दुई महिनामा तीनजना स्थानीय विकास अधिकारीहरू फेरिएका छन् । दुई महिनाअघि रूपन्देही गएका विष्णु केसीलाई बाटैबाट पुनः मन्त्रालय फर्कार्इएको थियो । त्यसलगत्तै केसीको ठाउँमा पठाइएका विष्णुदत्त गौतमलाई दुई महिनामा नै हटाएर पुनः नारायण ज्ञवालीलाई पठाइएको छ ।
बाँकी यता ►►►

टेलिकमका १० लाख ५९ हजार इन्टरनेट ग्राहक

काठमाडौ, श्रावण ५ - नेपाल टेलिकमले असार मसान्तसम्ममा कम्पनीको पिएसटिएन टेलिफोनका ग्राहक करिब ६७ लाख ८९ हजार र इन्टरनेट करिब १० लाख ५९ हजार रहेको जनाएको छ । टेलिकमद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिकमले इन्टरनेट सेवातर्फ आर्थिक वर्ष २०६७/६८ मा करिब ७ लाख ७८ हजार २ सय ग्राहक आधार थप गरी २१ हजार ५ सय दु्रतगतिको एडिएसएल इन्टरनेट लाईन र ७ लाख १६ हजार ६ सय जिपीआरएस लाईन वितरण गरेको जानकारी दिइयो  । नेपाल टेलिकमले आर्थिक वर्ष २०६८/६९ जीएसएम, सीडिएमए, र पीएसटिएन गरी जम्मा १६ लाख ५४ हजार ५४० लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । टेलिकमले आर्थिक वर्ष २०६७/६८ मा करिब १३ लाख २५ हजार लाईन टेलिफोन वितरण गरेको जनाउँदै सो सङ्ख्यामा कुल टेलिफोन ग्राहक आधार करिब २४ प्रतिशतले बृद्घि भएको समेत जनाएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको योजना तथा कार्यक्रम अन्तर्गतको ‘गाउँगाउँमा ब्रोडब्याण्ड, सबै शहरमा फोन अनडिमाण्ड’ अभियानलाई सफल पार्ने दिशामा आगामी कार्यक्रमलाई लैजाने पनि टेलिकमले जनाएको छ । सो योजना अनुरूप टेलिकमले ग्रामीण क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न २ सयवटा भिस्याट उपकरण खरीद गरी देशका ३ हजार ९१५ गाविसहरूमा सन् २०१२ भित्र ब्रोडव्याण्ड डाटा सेवा विस्तार गर्न २ लाख लाईन क्षमताको वाई–म्याक्स प्रविधिमा आधारित सेवा विस्तार कार्यलाई अघि बढाउने सो अवसरमा जानकारी गराइयो ।
बाँकी यता ►►►

कामदार कर्मचारी को न्यूनतम पारिश्रमिकमा किचलो ।

काठमाडौ, जेष्ठ २० - व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य महासंघले सरकारले हालै निर्धारण गरेको कामदारको न्यूनतम पारिश्रमिक दिन नसकिने बताएको छ । जेठ ९ गते राजपत्रमा सूचना प्रकाशित गरी निर्धारण गरेको न्यूनतम पारिश्रमिकको सूचनाप्रति महासंघ असहमत हुँदै त्यसलाई लागू गर्न आफू तयार नभएको उसले बताएको हो । 'महासंघ अन्य रोजगारदाता र मुख्य ट्रेड युनियनबीच चैत १० गते भएको सम्झौता बेवास्ता गरी सरकारले गरेको नयाँ निर्णय कार्यान्वयन गर्न नसक्ने स्पष्ट पार्न चाहन्छ,' उसले विज्ञप्ति प्रकाशन गरी भनेको छ, 'सरकारले ११ बुँदे सहमतिको कार्यान्वयनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौं । 'महासंघले निर्णय समयमै नसच्याए त्यसबाट असहज परिस्थिति आएर औद्योगिक वातावरणमा खलल पर्न गए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । महासंघको नेतृत्वमा उद्योग परिसंघ र तीन वटा प्रमुख आधिकारिक ट्रेड यूनियन महासंघहरू बीच भएको सम्झौताको सरकारले बेवास्ता गरेको उसको आरोप छ ।  रोजगारदाताको यस्तो भनाइ आए पनि सरकारले भने नयाँ न्यूनतम तलबको व्यवस्था कानुन बनेर लागू भइसकेकाले परिवर्तनको कुनै सम्भावना नरहेको बताएको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित भइसकेकाले जेठ ९ गतेदेखि नै न्यूनतम तलब वृद्धि कार्यान्वयन भइसकेको जनाएको छ । 'राजपत्रमा सूचना प्रकाशित भइसकेको छ,' मन्त्रायलका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने, 'कानुनका रूपमा यो लागू भइसकेको छ ।' उनले राजपत्रमा सूचना प्रकाशित हुनु अगाडि यसमा छलफल गरेर परिवर्तन गर्न सकिने भए पनि अब कानुनका रूपमा आएकाले त्यो परिवर्तनको सम्भावना कम रहेको बताए । राजपत्रमा प्रकाशित सूचनामा सरकारले मुलुकका कुनै पनि प्रतिष्ठानमा काम गर्ने कामदारले कम्तीमा मासिक ६ हजार २ सय रुपैयाँ पाउने व्यवस्था गरेको थियो । यस्तै दैनिक ज्यालादारीमा काम गर्ने कामदारले दैनिक न्यूनतम २ सय ३१ रुपैयाँ पाउने भएका छन् जुन चैतबाट लागू हुने राजपत्रमा उल्लेख छ । महासंघले चैत १० को 'ऐतिहासिक' सम्झौता बेवास्ता गर्नु कसैको हितमा नभएको बताएको छ । विभिन्न कारणबाट उद्योग व्यापार लगायत समग्र अर्थतन्त्र धराशायी भइरहेको अवस्थामा सरकारको निर्णयबाट रोजगारदाता र ट्रेड युनियन बीचको सहकार्यमा असर पर्न सक्ने उसले जनाएको छ । 'यसले औद्योगिक अशान्ति सिर्जना हुन गई मुलुकको अर्थतन्त्र गम्भीर रूपमा प्रभावित हुने बारेमा सरकारलगायत सम्बन्धित सबैको ध्यानाकर्षणसमेत गराउन चाहन्छौं,' महासंघले भनेको छ । श्रम मन्त्रायलका एक अधिकारीले मन्त्रालयले जसरी भए पनि यो लागू गर्ने तयारी गरेको बताए । विश्वमा एकपटक तलब बढेपछि फेरि घटेको उदाहरण कमै छन्  ती अधिकारीले भने । श्रम मन्त्रालयका ती अधिकारीले तोकिएको तलब नदिए त्यसको कार्यान्वयनमा बाध्य बनाउन मन्त्रालयले अनुगमनसमेत गर्न सक्ने बताए । 'मन्त्रायलले नयाँ न्यूनतम तलब लागू भए नभएको अध्ययन गर्न सक्नेछ, उनले भने, कानुनका रूपमा आइसकेकाले तलब नपाए कर्मचारीहरूले अदालतमा समेत लड्न सक्छन् ।  राजपत्रमा प्रकाशित सूचना चैत १० गतेको सम्झौताभएपछि विरोधमा उत्रिए पनि अन्य ट्रेड युनियनसँग पछि श्रम मन्त्रालयले गरेको सम्झौताको आधारमा छ । पहिलो सम्झौतामा रहेको सामाजिक सुरक्षा कोषको व्यवस्था भने राजपत्रमा छ ।





बाँकी यता ►►►

ट्रक खंस्दा दुई को मृत्यु

अषाढ १५ - वुटवलवाट तानसेन हुदै गुल्मी जाँदैगरेको ट्रक पाल्पाको देउराली गाविस को जोर्ते नजिकै दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । ना २ ख ८५०५ नम्वरको ट्रकका चालक मकवानपुर पदमपोखरी बस्ने ४० वर्षका नवराज घलानको मृत्यु भएको छ भने अर्का एक जनाको नाम ठेगाना खुलेको छैन । घलानको घटनास्थलमै मृत्यू भएको हो भने अर्का एक जनाको तानसेन स्थित मिसन अस्पतालमा उपचार हुंदा हुदै मृत्यू भएको प्रहरीले जनाएको छ । बुधबार बिहान भएको  ट्रक दुर्घटनाका यात्रुलाई स्थानीयले उद्दार गरेका थिए । मुसल्धारे पानी परेका कारण प्रहरी उद्दारका लागि घटना स्थल पुग्न ढिलाई भएको थियो ।      गुल्मी मजुवामा पुल निर्माणका लागि सामान लिएर जाँदै गरेको ट्रक पल्टेर जोर्ते मन्दिरको अग्लो पहाडमा अड्केर झुण्डिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले बताए । दुर्घटनाग्रस्त ट्रक सडकबाट १सय ५० मिटर तल पुगेको छ । दुर्घटनापछि पाल्पा-गुल्मी सडक अवरुद्ध छ । प्रहरीले सडक खुलाउने प्रयास जारीराखेको बताएको छ ।
बाँकी यता ►►►

पेट्रोलको भाउ

काठमाडौँ, जेठ २९- नेपाल आयल निगमले पेट्रोलको भाउ प्रति लिटर पाँच  रुपैयाँ बढाएको छ। अब पेट्रोलको भाउ प्रति लिटर १०२ रुपैयाँ पुगेको छ। निगम  सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुने गरी मूल्यवृद्धि  गर्ने निर्णय गरेको हो। पेट्रोलको यो भाउ अहिलेसम्म कै बढी हो ३ वर्ष अघि (२०६५ जेठ २७ गते) पनि पेट्रोलको भाउ एक सय रुपैयाँ पुगेको थियो।

डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्यास प्रति सिलिन्डर १ हजार ३0५ रुपैयाँ पर्छ।
बाँकी यता ►►►

गाडी जुध्दा दुईको मृत्यु, २० घाइते

आज, जेष्ठ १९ -पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा पर्ने मिलनचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला सबैला गाबिस घर भएका नेपाल टेलिकमका कर्मचारी जयप्रकाश साह र भारतीय नागरिक बलराम गुप्ता भएको प्रहरीले जनाएको छ । गुप्ताको उपचारार्थ वीरगंज लैंजादैं गर्दा बाटोमै र साहको नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रहरी निरीक्षक केपी शर्माले जानकारी दिए । वीरगंजवाट जनकपुर तर्फ जाँदै गरेको ना ३ ख ६८८४ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना ३ ख ७०६३ नम्बरको ट्रक आपसमा ठोक्किंदा २० जना घाइते भएका थिए । हरिऔन इलाका प्रहरी कार्यालयका निरीक्षक शर्माका अनुसार दुर्घटनाग्रस्त बस अन्य सवारीलाई ओभरटेक गर्दै तिव्र गतिमा चलाएका कारण ट्रकसंग जुधेको थियो ।घाइते मध्ये तीनजनाको नमुना अस्पताल हरिऔनमा, तीन जनकपुर र अन्यलाई थप उपचारार्थ वीरगंज  पठाइएको प्रहरीले जनाएको छ ।
बाँकी यता ►►►

युथफोर्सद्वारा अदालतमै आक्रमण

खिलानाथ ढकाल, विराटनगर, जेठ १९ -पेसी बयानका लागि अदालत लगिएका हत्याका बन्दीलाई निशाना बनाउँदै एमाले युवा संगठन युथफोर्स कार्यकर्ताले बुधबार अदालत परिसरमै अन्धधुन्द आक्रमण गर्दा बन्दी र प्रहरीसहित नौ घाइते भएका छन्।  करण यादवको हत्या अभियोगमा क्षेत्रीय कारागार झुम्कामा रहेका अभिषेक गिरीलाई बयानका लागि जिल्ला अदालत मोरङ पुर्‍याउनासाथ आक्रमण ठूलो संख्यामा रहेका युथफोर्स कार्यकर्ताले ढुंगामुढा गरेका थिए। दिउँसो १ बजे भएको योजनाबद्ध घटनामा बन्दी यादवसहित प्रहरी नायब निरीक्षक राजु श्रेष्ठ, अशोककुमार राई, प्रहरी सहायक निरीक्षक डिल्ली कटवाल, प्रहरी हवल्दार राजेन्द्र कार्की, प्रहरी जवान दधिराम मगर, जुतिन बस्नेत र क्षेत्रीय कारागारका कार्यालय सहायक राजेन्द्र कार्की घाइते भएका छन्। घटनामा युथफोर्स कार्यकर्ता मुकेश बुढाथोकी पनि घाइते छन्। गिरीलाई टाउकोमा चोट छ भने प्रहरीका शरीरभरि चोट छन्।
युथफोर्स कार्यकर्ताले अभियुक्त ल्याइएको को१च ३३०३ नम्बरको भ्यानमा अदालतभित्रै लाठी र ढुंगामुढाले आक्रमण गरेपछि 'स्थिति नियन्त्रणमा लिन' प्रहरीले ११ राउन्ड गोली चलाएको थियो।
'अभियुक्तलाई अदालत ल्याउनुअघि नै ठूलो संख्यामा युथफोर्स कार्यकर्ता भेला भएर बसेका थिए, भ्यान अदालतभित्र पस्नेबित्तिकै आक्रमण गरे,' प्रत्यक्षदर्शी जिल्ला अदालतका कर्मचारी विकास श्रेष्ठले नागरिकसँग भने, 'कोही पनि निस्किन नभ्याउँदै भकाभक हाने। फायरिङपछि अदालतमा केहीबेर तनाव भएको थियो। प्रहरी र कारागारको छुट्टै गाडी नभएकाले बन्दी गिरीलाई क्षेत्रीय कारागारबाट निजी भ्यान भाडामा लिएर प्रहरी सहायक निरीक्षक डिल्ली कटवालको नेतृत्वमा टोली अदालत आएको थियो। अदालतमा जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टै टोली परिचालन गरेको थियो। 'प्रहरी र अभियुक्तमाथि आक्रमण भयो, स्थिति तनावपूर्ण बन्यो, ज्यान जाने सम्भावना बढेपछि स्थिति नियन्त्रण लिन फायरिङ गर्नुपरेको हो,' जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक सहकुलबहादुर थापाले भने।
प्रहरी र अभियुक्तमाथि आक्रमण भएपछि सहायक निरीक्षक अशोक राईले फायर खोल्न निर्देशन दिएपछि एसएलआरबाट प्रहरीले लगालग ११ राउन्ड गोली चलाएका थिए। गोली चलेपछि युथफोर्स कार्यकर्ता भागेका थिए। विराटनगर-११ का गिरी दुई वर्षअघि जिल्ला विकास समितिको ठेक्का विवादमा स्थानीय यादवलाई तरबार प्रहार गरी हत्या गरेको अभियोगमा एक वर्षदेखि झुम्का कारागारमा छन्। उनी प्रहरीको नजरमा खतरनाक अपराधी हुन्। जेलबाटै अपहरण, कल बाइपासलगायत अपराधमा उनी यसअघि बारम्बार पक्राउ परेर छुटेका थिए। आक्रमणको सुइँको पहिल्यै पाएको बताउँदै गिरीले प्रहरीले सुुरक्षा दिन नसकेको बताए। 'कडा सुरक्षामा लैजान भनेको थिएँ, असुरक्षित तरिकाले ल्याइयो,' उनले भने। युथफोर्स कार्यकर्ता मनोज खड्का र बुढाथोकीले आक्रमण नेतृत्व गरेको उनले बताए।
घटनापछि अदालतमा गिरीको बयान बुधबार स्थगित भएको छ।
गिरीलाई अदालत ल्याइँदै गरेको सूचना पाएपछि युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेतले कार्यकर्ता परिचालन गरेका थिए। अदालतमा कार्यकर्ता परिचालन गरेको स्विकार्दै अध्यक्ष बस्नेतले भने, 'अदालतले चलखेल गरेर अपराधी छुटाउन लागेकाले त्यसलाई रोक्न कार्यकर्ता खटाएको हुँ, मार्न होइन।' प्रहरीले दमन गरेर कार्यकर्तामाथि दमन गरेको उनले आरोप लगाए।
प्रहरी उपरीक्षक ठाकुरसिंह बर्तौलाले आक्रमणमा जुनसुकै समूह संलग्न भए पनि कसैलाई नछाड्ने बताए। 'घटनाको प्रकृति हेर्दा मार्ने योजना बनाएर आएको देखिन्छ,' बर्तौलाले भने, 'शंकास्पद चारजनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं।' प्रहरी सुरक्षामा ठाडै चुनौती दिइएको घटनामा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए। प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले 'घटना नियोजित र अपराध मेट्ने हिसाबले' भएको प्रतिक्रिया दिए। 'संलग्नलाई छिटो पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छु,' उनले भने।

गिरी-बस्नेत साथी
अभियुक्त गिरी र युथफोर्स अध्यक्ष बस्नेत पुराना साथी हुन्। ठेक्कापट्टादेखि विभिन्न काममा उनीहरू साझेदार थिए। साझेदारीमा बिस्तारै खटपट आएपछि उनीहरू अलग भए। ठेक्कापट्टामा दुवैका समूह मोरङमा उत्तिकै सक्रिय छन्।
साझेदारीबाट छुट्टिएपछाडि बस्नेतलाई मार्न डेढ वर्षअघि गिरीकै समूहले गोली हानेको प्रहरी दाबी छ। बस्नेतले त्यही रिसिइबी साँध्न उनलाई सिध्याउन टोली पठाएको प्रहरी आशंका छ। 'ठेक्कापट्टामा विवाद भई सम्बन्ध बिग्रिएपछि उनीहरूको रिसिइबी बढेको हो,' स्रोतले भन्यो, 'अदालतको बयानबाट बस्नेतका हरेक गतिविधि सार्वजनिक हुने डरले उनलाई बीचमै मार्न खोजिएको देखिन्छ।'
गिरीलाई भरपर्दाे सुरक्षाबिनै अदालत ल्याउन लागिएको सूचना युथफोर्सले पहिल्यै पाएको थियो। प्रहरीलाई पनि यो भेउ थियो। जे पनि हुन सक्ने भनेर प्रहरीले अदालतमा छुट्टै टोली पनि खटाएको थियो। 'गेटबाट भित्र पसेपछि आक्रमण हुने भय भएन तर उनीहरू तयारी अवस्थामा रहेछन्, गाडीबाट निस्किनै नपाउँदै आक्रमण भयो,' सुरक्षार्थ खटिएका एक प्रहरीले भने। युथफोर्स आक्रमणले भ्यानका सबै सिसा फुटेका छन्।
बाँकी यता ►►►

मोरङ अदालत परिसरमा गोली चल्यो, ५ जना घाइते

खिलानाथ ढकाल, विराटनगर, जेठ १८- मोरङ जिल्ला अदालतमा गोली चल्दा ५ जना घाइते भएका छन्। सुनसरी कारागारमा रहेका हत्या अभियुक्त अभिषेक गिरीको पेशीका लागि आएका पक्ष र विपक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
गोली चल्दा प्रहरीतर्फ ४ जना र अन्य एक जना घाइते भएका छन्। गोली चल्नुअघि प्रहरीले झडप साम्य पार्न ८-१० राउण्ड हवाइ फायर गरेको थियो। त्यसले नरोकिएपछि गोली चलेको हो।

गिरी करण यादवलाई हत्या गरेको अभियोगमा एक वर्षदेखि कारागारमा छन्। उनी कुख्यात् अपराधीका रुपमा चिनिन्छन्।
बाँकी यता ►►►