काठमाडौं, ५ साउन स्थानीय विकास मन्त्रालयले स्थानीय विकास  अधिकारी, कार्यकारी अधिकृत र योजना अधिकृत गरी ८२ जनाको एकैचोटी काज सरुवा  गरेको छ । यसरी सरुवा हुनेमा उपसचिव स्तरका स्थानीय विकास अधिकारी ३२ जना र  शाखाअधिकृत ५० जना छन् । ऐनअनुसार सरुवा गर्न नपाइने भएपछि  मन्त्रालयले 'चोर बाटो' अपनाएर उनीहरूको काज सरुवा गरेको हो । निजामती सेवा  ऐन २०४९ अनुसार मन्त्रालयले हरेक वर्षको फागुन महिनामा मात्रै कर्मचारीको  सरुवा गर्न पाउँछन् । अन्य महिनामा कर्मचारीको सरुवा गर्न ऐनले प्रतिबन्ध  लगाएकाले स्थानीय विकास मन्त्रालयले काज भन्दै ती अधिकृतको सरुवा गरेको हो ।  सबैलाई तीन महिनाका लागि काज सरुवा गरिएको भनिएको छ । सामान्यतया रिक्त  स्थानमा मात्रै काज सरुवा गर्ने परम्परा छ । सो परम्पराविपरित जथाभावी काज  सरुवा गरिएको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका छन् । मन्त्रालयका अनुसार धनकुटाका स्थानीय  विकास अधिकारी बाबुराम गौतमलाई मोरङमा काज सरुवा गरिएको छ भने नवलपरासीका  नारायण ज्ञवालीलाई रूपन्देहीमा पठाइएको छ । यसैगरी बाग्लुङका विष्णुबहादुर  थापालाई नवलपरासीमा, रसुवाका राममणि भट्टराइलाई स्याङ्जामा, बाजुराका मोहन  पौडेललाई कैलालीमा, मोरङका पशुपति पोखरेललाई धनकुटामा खोटाङका वसन्तकुमार  भण्डारीलाई सिराहामा र सुनसरीका प्रेमप्रसाद भट्टराईलाई स्थानीय विकास  मन्त्रालयमा काज सरुवा गरिएको छ । 
यसैगरी सिराहाका लालमणि जोशीलाई हेटौँडाको  कार्यकारी अधिकृतमा, सिन्धुलीका गणेश ज्ञवाली र रूपन्देहीका विष्णुदत्त  गौतमलाई मन्त्रालयमा, मकवानपुरका युवराज सुवेदीलाइ बाजुरामा काज सरुवा  गरिएको छ । मनाङका भुवनहरि अर्याललाई उपेक्षित उत्पीडित समितिमा, लमजुङका  उत्तमप्रसाद नागिलालाई कालीकोटमा, कास्कीका गुरु सुवेदीलाई बाँकेमा,  स्याङ्जाका रामजी बराललाई रसुवामा, रुकुमका केदारनाथ शर्मालाई मन्त्रालयमा  काज सरुवा गरिएको छ । यसैगरी प्युठानका भुवनप्रकाश विष्टलाई  मकवानपुरमा, कालीकोटका शिव रेग्मीलाई म्याग्दीमा, मन्त्रालयकी उपसचिव इन्दु  घिमिरेलाई लम्जुङमा, दैलेखका रामप्रसाद पाण्डेलाई मनाङमा, बाँकेका शम्भु  लुइटेललाई दैलेखमा, मन्त्रालयका अर्जुन थापालाई कास्कीमा, कैलालीका  गोकर्णप्रसाद शर्मालाई कञ्चनपुरमा सरुवा गरिएको छ । कञ्चनपुरका मणिकुमार  ज्ञावलीलाई बाग्लुङमा, मन्त्रालयका राजकुमार श्रेष्ठलाई रुकुममा,  कृष्णप्रसाद सापकोटालाई सुनसरीमा र टीकादत्त राईलाई धरान नगरपालिकामा काज  सरुवा गरिएको छ । रूपन्देहीमा दुई महिनामा तीनजना स्थानीय  विकास अधिकारीहरू फेरिएका छन् । दुई महिनाअघि रूपन्देही गएका विष्णु  केसीलाई बाटैबाट पुनः मन्त्रालय फर्कार्इएको थियो । त्यसलगत्तै केसीको  ठाउँमा पठाइएका विष्णुदत्त गौतमलाई दुई महिनामा नै हटाएर पुनः नारायण  ज्ञवालीलाई पठाइएको छ ।
 
 
 
No comments:
Post a Comment