काठमाडौ, श्रावण ५ -   नेपाल टेलिकमले असार मसान्तसम्ममा कम्पनीको पिएसटिएन टेलिफोनका ग्राहक  करिब ६७ लाख ८९ हजार र इन्टरनेट करिब १० लाख ५९ हजार रहेको जनाएको छ । टेलिकमद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिकमले इन्टरनेट सेवातर्फ  आर्थिक वर्ष २०६७/६८ मा करिब ७ लाख ७८ हजार २ सय ग्राहक आधार थप गरी २१  हजार ५ सय दु्रतगतिको एडिएसएल इन्टरनेट लाईन र ७ लाख १६ हजार ६ सय जिपीआरएस  लाईन वितरण गरेको जानकारी दिइयो  । नेपाल टेलिकमले आर्थिक वर्ष २०६८/६९ जीएसएम, सीडिएमए, र पीएसटिएन गरी  जम्मा १६ लाख ५४ हजार ५४० लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । टेलिकमले आर्थिक वर्ष २०६७/६८ मा करिब १३ लाख २५ हजार लाईन टेलिफोन वितरण  गरेको जनाउँदै सो सङ्ख्यामा कुल टेलिफोन ग्राहक आधार करिब २४ प्रतिशतले  बृद्घि भएको समेत जनाएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको योजना तथा कार्यक्रम  अन्तर्गतको ‘गाउँगाउँमा ब्रोडब्याण्ड, सबै शहरमा फोन अनडिमाण्ड’ अभियानलाई  सफल पार्ने दिशामा आगामी कार्यक्रमलाई लैजाने पनि टेलिकमले जनाएको छ । सो योजना अनुरूप टेलिकमले ग्रामीण क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा  विस्तार गर्न २ सयवटा भिस्याट उपकरण खरीद गरी देशका ३ हजार ९१५ गाविसहरूमा  सन् २०१२ भित्र ब्रोडव्याण्ड डाटा सेवा विस्तार गर्न २ लाख लाईन क्षमताको  वाई–म्याक्स प्रविधिमा आधारित सेवा विस्तार कार्यलाई अघि बढाउने सो अवसरमा  जानकारी गराइयो । 
 
 

 
No comments:
Post a Comment