मिथिलेश यादव, राजविराज, जेठ १८ -लोडसेडिङको बिरोध गर्दै सप्तरी कल्याणपुरका स्थानीयले पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरी प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले एक दर्जन सवारी तोडफोड गरेपछि अवस्था असमान्य बनेको छ। स्थानीयको प्रदर्शनका कारण कल्याणपुर बजार बन्द भएको छ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको छ भने अबस्था नियन्त्रणमा लिन कल्याणपुरमा सशस्त्र र नेपाल प्रहरीको तैनाथी बढाइएको छ। आन्दोलनका कारण पूर्वमा सप्तरीको रुपनी र पश्चिममा कडरबोनामा गाडीहरु रोकिएका छन्। बन्दकर्ताहरुले सडकम टायर बालेर यातायात आवागमन रोकेका हुन्।
आक्रोशित प्रदर्शनकारीले प्रेसका गाडी समेत चल्न दिएका छैनन्।
लोडसेडिङ्गको समय घटाएर ६ घण्टा गरेपनि सप्तरीमा २२ घण्टा सम्म लोडसेडिङ भएपछि स्थानीय आक्रोशित भएर बिरोधमा उत्रेका हुन्।

No comments:
Post a Comment