!! सबै साथी भाईहरु मा हाम्रो न्युज आवाज बिराटनगर को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !!
Image and video hosting by TinyPic

दाहालका छोराले सगरमाथा चढ्ने

काठमाडौं, जेठ १७ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले अर्को वर्ष सगरमाथा चढ्ने घोषणा गरेका छन्। उनको टोलीमा केन्द्रीय सदस्य तथा सर्वहारा कोषका अध्यक्ष कृष्ण केसी र जनमुक्ति सेना तथा दाहालका अंगरक्षक युवराज दुलाल रहने छन्। ‘प्रयास गर्ने हो। सफल-असफल भन्ने कुरा त्यहीँ थाहा हुन्छ,' सर्वहारा कोषले गरेको विश्व कीर्तिमानधारी सगरमाथाआरोही आप्पा शेर्पाको सम्मान कार्यक्रममा प्रकाशले भने। विश्वभरिका कम्युनिस्ट पार्टीका तर्फबाट सर्वोच्च शिखरमा झन्डा गाड्ने उद्देश्यसहित आरोहण गर्न लागेको उनले बताए। उनले सगरमाथा आरोहण गर्ने सपना बाल्यकालदेखि साँचेको बताए। उनले आफूहरुले आरोहणको तयारी गरिनसकेको भए पनि आउँदो सिजनमा पर्वतारोहणको प्रशिक्षण लिने बताए।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले सगरमाथा आरोहण गर्न प्रकाश, दुलाल र केसीलाई सहयोग गर्ने वचन दिए।
कार्यक्रममा अध्यक्ष दाहालले आप्पालाई सम्मान गरेपछि समयमै संविधान बनाउन नसकेकोमा आत्मालोचना गर्दै भने- ‘२१ पटक सगरमाथा चढेर तपाईं आफैं सगरमाथा बन्नुभयो। हामी नेताहरू भने बेसक्याम्पसम्म त पुग्छौं, त्यहाँभन्दा माथि जान सक्दैनौं।‘
उनले अबको तीन महिना देशको निम्ति ‘अग्निपरीक्षा' भएको बताएका छन्।
‘यो तीन महिना अग्निपरीक्षा हो। सहमतिलाई सदुपयोग गरेनौं भने मुलुक ठूलो दुर्घटनामा पर्नसक्छ,' उनले भने, ‘निकै कसरतपछि यो तीन महिना आएको हो।'

No comments:

Post a Comment