!! सबै साथी भाईहरु मा हाम्रो न्युज आवाज बिराटनगर को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !!
Image and video hosting by TinyPic
Showing posts with label माओवादी. Show all posts
Showing posts with label माओवादी. Show all posts

माओवादी पदाधिकारी बैठक सकियो

उजीर मगर, काठमाडौं, जेठ १८- माओवादीले माओवादी नेताहरुको दोहोरो सुरक्षा व्यवस्था तत्कालै हटाउने भएको छ। उसले अस्थायी नम्बर राखेर चलाइएका सवारी साधनका नम्बर पनि तुरुन्तै परिवर्तन गर्ने भएको छ। जसअनुसार क्याम्पभित्र रहेका गाडीमा सरकारी र बाहिर रहेका गाडीमा निजी नम्बर राखिनेछ।
यसैगरी शान्ति प्रक्रियालाई तत्काल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँ बजारमा बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा संविधान सभाको म्याद थपसँगै भएको ५ बुँदे त्रिदलीय सहमतिबारे बैठकले छलफल गरेको थाहा भएको छ।  त्यसैगरी राष्ट्रिय सहमतिको सरकार गठनबारे पनि बैठकले छलफल भएको थियो। मुलुकको समसामयिक राजनीतिक गतिविधि र पार्टीभित्र देखिएका मतान्तरबारे पनि बैठकमा छलफल भएको जानकारी एक नेताले दिए।

दाहालले म्याद थपिएको तीन महिना माओवादीका लागि अग्नि परीक्षा अवधि भएको बताउँदै आएका छन्। यो अवधिमा उनले केही गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यही प्रतिबद्धता कसरी व्यावहारिक बनाउने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो।
बाँकी यता ►►►